पञ्चकन्या मार्इको अार्इपीअो भोली बाँडफाँट हुँदै

काठमाडाैं : पञ्चकन्या मार्इ हाइड्रोपावरले सर्वसाधारणका लागि छुट्याएको साधारण शेयर (अार्इपीअो) बाँडफाँट भोली (शुक्रबार) गर्ने भएको छ । 
 
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार १० लाख १ हजार कित्ता अार्इपीअो निष्काशन गरेकोमा १ करोडभन्दा धेरै कित्ताका लागि अावेदन परेको छ । 

अार्इपीअो बाडफाँट हुँदा १ लाख १ सय अावेदकले १० कित्ताका दरले अार्इपीअो प्राप्त गर्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ । 

पञ्चकन्याको अार्इपीअोमा १ लाख ५० हजार भन्दा बढि अावेदकले अावेदन दिएका छन् । 

साउन १ देखि ४ गतेसम्म अावेदन भर्ने म्याद राखि पञ्चकन्याले ११ करोड रूपैयाँ बराबरको ११ लाख कित्ता अार्इपीअो निष्काशन गरेको थियो । 

११ लाख कित्तामध्ये कम्पनीका कर्मचारीका लागि ४४ हजार अर्थात ४% र सामूहिक लगानी कोषका लागि ५५ हजार कित्ता अर्था ५% शेयर छुट्याएको छ । बाँकी १ लाख १ हजार कित्ता भने सर्वसाधारणले प्राप्त गर्नेछन् । 

पञ्चकन्याले र्इलाम जिल्लामा १२ मेगावाटको अपरमार्इ र ६.१ मेगावाटको अपर मार्इ 'सी' अायोजना सञ्चालन र निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?