काठमाडौँ – सपना घलेकी जेठी छोरी अस्ट«ेलिया पढ्छिन् । कान्छी छोरी काठमाडौंमा चार्टर्ड एकाउन्टेन्ट बन्दैछिन् । दुई छोरीको महँगो पढाइ धान्न उनी ओमनमा श्रम गर्छिन् । तर दुस्खको कुरा– सरकारको नियमका कारण उनी बिदामा घर आउन सक्दिनन् । आइगए फर्किएर जान पाउँदिनन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
चितवनकी घलेले खाडीमा घरेलु श्रमिक भई परिवार धानेको २० वर्ष भइसक्यो । ‘म खाडी नआएको भए मेरा दुई छोरी पढ्न होइन, मजसरी नै भाँडा माँझ्न खाडी आउनुपथ्र्यो,’ उनले भनिन्, ‘मलाई त घरको काम गर्न समस्या छैन । सीप छ । भाषा छ । उनीहरूको रहनसहन बुझेको छु । त्यही भएर टिकेकी छु । मेरैजस्तो काम गर्नुपरे छोरीहरूको हालत के हुन्थ्यो होला ?’
सबैथोक भएर पनि नभएको उही एउटै छ– नेपाल आउन नपाउनु । ‘हरेक दुई वर्षमा नेपाल जान्थें । एक–दुई महिना परिवारसँग बसेर फर्किन्थें । अब बिदामा नेपाल गए सरकारले आउन दिँदैन । श्रमस्वीकृतिमा रोक लगाएको छ,’ उनले टेलिफोनमा भनिन्, ‘घर गएर आउन पाइनँ भने मेरो मासिक ५८ हजार रुपैयाँको जागिर खोसिन्छ । जागिर खोसिँदा छोरीहरूको पढाइ नै खोसिन्छ ।’
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले २०७३ चैत २० गते घरेलु कामदारका रूपमा विदेश जान प्रतिबन्ध लगाएको थियो । समितिका तत्कालीन अध्यक्ष प्रभु साहले त्यसअघि केही देशको भ्रमण गरेका थिए । त्यहाँको अध्ययन भन्दै समितिले घरेलु कामदारसम्बन्धी श्रम सम्झौता नभएसम्म नपठाउन सरकारलाई निर्देशन दिएको थियो । त्यही आधारमा श्रम मन्त्रालयले बिदामा आएका घरेलु कामदारलाई समेत पुनस् श्रमस्वीकृति दिन रोक लगाएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया