मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोकपथ
0
Shares

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध पाँच लाख बिगो रकमसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिई भ्रष्टाचार गरेको आरोपमा आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

झाले जग्गासम्बन्धी हक सफा मुद्दामा उक्त मुद्दाको फैसला सुनाएबापत सेवाग्राहीसँग पाँच घुस र रिसवत माग गरिरहेको भन्‍ने उजुरी निवेदनका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानबाट उनले सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

उनको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले सोही ऐनअनुसार जरिवाना र कैद सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?