रसुवा : रसुवाको टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ ।
मध्यराती १२ बजे खसेको पहिरोले प्रहरी पोष्ट वरपर बास बसेका १२ जना घार्इते भएका छन् ।
झन्डै एकदर्जन व्यक्तिहरू पहिरोभित्र हरार्इरहेको जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ ।
रातभरको अविरल बर्षापछि खसेको पहिरोमा भएको क्षतिबारे एकिन तथ्यांक अार्इसकेको छैन ।
अहिले पहिरोपीडितको उद्दारका लागि सुरक्षा बन्दोबस्तीसहित प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलतर्फ गएका छन् ।
बेपत्ताको खोजी गर्न बिहानैदेखि सुरक्षाकर्मी परिचालित भएका छन् ।
घटनास्थल लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया