११ मङ्सिर २०७९, आईतवार

प्रदेश प्रमुखको तलब, भत्ता एक लाखभन्दा बढी

२०७४,आश्विन,२८,शनिवार ०१:३६

0
Shares

काठमाडौँ, २८ असोज – व्यवस्थापिका संसद्ले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको खबर गोरखापत्रमा छापिएको छ ।संसद्बाट पारित विधेयक अनुसार प्रदेश प्रमुखको मासिक पारिश्रमिक ६४ हजार रुपियाँ हुनेछ । यस्तै, पोशाक सुविधा वार्षिक १८ हजार रुपियाँ तथा अतिथि सत्कार खर्च ४० हजार रुपियाँ हुनेछ । चाडपर्व खर्चका रूपमा थप एक महिनाको रकम प्रदेश प्रमुखले वार्षिक रूपमा पाउनेछन् । यसरी मासिक सेवा सुविधा एक लाख चार हजार रुपियाँ हुनेछ ।प्रदेश प्रमुखको बिमा लगायतको व्यवस्था प्रदेश सरकारले गर्नेछ । यस्तै, प्रदेश प्रमुखले १२ सदस्यीयसम्म सचिवालय बनाउन सक्नेछन् । विधेयक पारितसँगै प्रमुख स्वकीय सचिवसहित १२ जनाको दरबन्दी स्वीकृत गरिएको छ । सचिवालयमा सह–स्वकीय सचिव, उपस्वकीय सचिवको पनि व्यवस्था छ । यस्तै फोटोग्राफर, कम्प्युटर अपरेटर, प्रशासन तथा लेखा सहायकको पनि व्यवस्था हुनेछ । सवारी चालक र कार्यालय सहयोगीको व्यवस्था पनि सचिवालयमा रहनेछ ।यस्तै प्रदेश प्रमुखको दैनिक भ्रमण भत्ता पनि विधेयकले तोकेको छ । विधेयक अनुसार स्वदेशमा हुने दैनिक भ्रमण भत्ता तीन हजार रुपियाँ तोकिएको छ । विदेशमा दैनिक २५० डलर तोकिएको छ । युरोप, अस्ट्रेलिया तथा अमेरिका भ्रमणमा तोकिएको रकममा ३३ प्रतिशत थप हुनेछ ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०१:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
 २०७९,मङ्सिर,११,आईतवार १६:५१