काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले केही प्रदेश कार्यसमिति तथा विभागमा मनोनयन गरेका छन् ।
सोअनुसार गण्डकी प्रदेशका अध्यक्ष हेमजंग गुरुङको सिफारिशमा प्रदेशका उपाध्यक्षमा राजेन्द्रबहादुर अधिकारी (तनहुँ) लाई मनोनयन गरिएको छ ।
प्रदेश नं ७ का अध्यक्ष श्यामबहादुर शाहीको सिफारिशमा उपाध्यक्षमा रामदुलारी चौधरी (कैलाली), सचिवमा हिक्मतसिंह भण्डारी (कञ्चनपुर), प्रवक्तामा हेमबाबु लेखक (बैतडी), कोषाध्यक्षमा ललित जोशी (कैलाली), सहसचिवमा अभिलाल चौलागाईं (कैलाली), इन्द्रदेव भट्ट (बैतडी) तथा सदस्यमा गजेन्द्रबहादुर चन्द, घुम्मन राना, पदमराज जोशी र पतिराम चुनारा (कञ्चनपुर), सविना शाह (बाजुरा), जनक कुँवर (कैलाली), मानबहादुर कार्की, देवेन्द्रबहादुर मल्ल, पुष्करदत्त भट्ट, शम्शेरसिंह धामी, देवबहादुर चन्द, रामबहादुर चन्द,,अम्बिका भण्डारी र चन्द्रकला सावद (बैतडी), राजप्रसाद जोशी (डोटी), पार्वती जैरु (डडेलधुरा), जयसिंह धामी (दार्चुला) तथा हरिलाल भट्टराई (बझाङ) लाई मनोनयन गरिएको छ ।
वाणिज्य क्षेत्र समन्वय विभागका प्रमुख लक्ष्मीप्रसाद संग्रौलाको सिफारिशमा सदस्य सचिवमा पवित्रा बुढाथोकी थापा (काठमाडौँ) तथा सदस्यमा दीनानाथ दाहाल (काठमाडौँ), वेदप्रसाद अग्रवाल (झापा), प्रमोद जलान (बाँके), संजय सिंह (महोत्तरी), भूपेन्द्रनाथ योगी (सुर्खेत), ओमबहादुर सेन्चिउरी (भक्तपुर), देवीप्रसाद पाठक (काठमाडौँ), वसन्तराज पौडेल (बर्दिया), विष्णुकुमारी गुरुङ (लमजुङ) र डा नारायणहरि गजुरेल (ललितपुर) लाई मनोनयन गरिएको छ ।
त्यस्तै अपांगता भएका हित सम्वद्र्धन विभागका प्रमुख नीना भेटवालको सिफारिशमा सदस्य सचिवमा अर्जुन उप्रेती (नुवाकोट), सदस्यमा कृष्णभक्त लागेजु (भक्तपुर), अम्बादत्त भट्ट (बैतडी), सुरेन्द्र श्रेष्ठ (काठमाडौँ), छत्रपति थापा (सुर्खेत), देवु पराजुली (स्याङ्जा), र उर्मिला अधिकारी (मोरङ) मनोनयन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया