नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको रिटमाथि सुनुवाइ सुरु

लोकपथ
126
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा अधिकारीको रिटमाथि शुक्रबार पुनः सुनुवाइ सुरु भएको हो ।

सरकारले छानबिनका लागि समिति गठन गरेसँगै निलम्बनमा परेका गभर्नर अधिकारीले गत वैशाख ५ गते सर्वोच्च अदालतमा समिति खारेजीसहित अन्तरिम आदेशको मागदाबी गर्दै रिट दायर गरेका थिए ।

बैंकिङ प्रणालीको अति गोप्य सूचनाहरु चुहाएको, कार्यक्षमताको अभाव भएको आदि आरोप लगाउँदै गत चैत २४ गतेको मन्त्रीपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । छानबिनका लागि सरकारले समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?