काठमाडौँ, २८ असोज- संयुक्त विद्यार्थी संगठनले शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई सिंहदरबारस्थित कार्यकक्षमै थुनेर नारावाजी गरेका छन् । करिब २० मिनेट जति कार्यकक्षमा थुनेर नाराबाजी गरेका थिए । मन्त्रालयमै रहेका शिक्षा मन्त्रीले विद्यार्थी नेताहरुलाई समय उपलब्ध नगराएपछि आक्रोशित बन्दै मन्त्रीलाई थुनेर नारावाजी गरेका हुन् ।सिटिभिटीलाई दिएको सम्बन्धन खारेज गर्नुपर्ने, नवौं शिक्षा ऐन तत्काल खारेज गर्नुपर्ने लगायतका माग राखी विद्यार्थीहरुले आन्दोलन गर्दै आइरहेका छन् । विहिबार मन्त्रीका सम्पुर्ण कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको कांग्रेस निकट नेविसंघ बाहेकका विभिन्न संगठनहरुले मन्त्रीलाई जानकारी गराउन पुगेका थिए । तर, कार्यकक्षमै रहेका मन्त्रीले विद्यार्थी नेताहरूलाई समय नदिएपछि त्यही नारावाजी गर्दै कोणसभा गरे, नयाँ पत्रिकामा खबर छ ।