काठमाडौं । गृह मन्त्रालयले ३० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को काज सरुवा गरेको छ ।
काज सरुवा हुनेहरुमा १४ जना सहसचिव र १६ जना उपसचिव रहेका छन् ।
सहसचिव केदारनाथ शर्मा र महादेव पन्थ मन्त्रालयमा, ईश्वरीराज पौडेल अध्यागमन विभाग, रामप्रसाद आचार्य प्रमुख जिल्ला अधिकारी काठमाडौं, दिपक काफ्ले राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्र, प्रेमराज जोशी प्रमुख जिल्ला अधिकारी ललितपुर सरुवा भएका छन् ।
त्यस्तै,सहसचिव तारानाथ अधिकारी अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, होमनाथ थपलिया प्रहरी कितावखाना, अर्जुन पोखरेल कपिलबस्तु, चक्रबहादुर बुढा कास्की, रमेश केसी मोरङ, आस्मान तामाङ मकवानपुर, मदन भुजेल बाँके र कृष्णप्रसाद अधिकारी सिन्धुपाल्चोक सरुवा भए ।
उपसचिवहरुमा मुनका न्यौपाने ओखलढुंगा, लक्ष्मीप्रसाद बांस्कोटा दैलेख, मुकेशकुमार केसरी र्इंलाका प्रशासन कार्यालय सांखु, अनुज भण्डारी ताप्लेजुङ, नरबहादुर खड्का कपिलवस्तु, मोहनबहादुर जिसी र वेधनिधि खनाल गृह मन्त्रालय, कृष्णबहादुर घिमिरे सुनसरी, बद्रीनाथ गैरे प्युठानको सिडीओको रुपमा खटाइएका छन् ।
उपसचिव जनकराज पन्त सहायक जिल्ला अधिकारी चितवन, लक्ष्मीदेवी हुमांगाई तेह्रथुम, चन्द्रबहादुर कार्की कालीकोट, युवराज कट्टेल प्रहरी किताबखाना, लक्ष्मणविक्रम थापा अध्यागमन विभाग, कृष्णबहादुर कटुवाला कारगार व्यवस्थापन विभाग र सिद्धराज जोशी सहायक जिल्ला अधिकारीको रुपमा मकवानपुरमा सरुवा भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया