बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्काशन गर्ने कांग्रेसको चेतावनी

लोकपथ
336
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी दिनेहरुलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले दिएको समयसीमा अनुसार आज ५ बजेसम्म उम्मेदवारी झिक्न दिर्नेशन दिँदै त्यसो नभएमा पार्टीबाट निष्काशन गर्ने चेतावनी दिएको हो ।
शुक्रबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दैै बागी उम्मेदवारका प्रस्तावक र समर्थकको समेत पार्टी सदस्यता खारेज हुने जानकारी गराएका छन् ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी तोकिएको समयमा आफ्नो बागी उम्मेदवारी झिकेर आधिकारिक उम्मेदवारलाई भोट होली जिताउन सक्रिय भूमिका खेल्न समेत निर्देशन दिएको छ ।

‘२०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट आधिकारीक उम्मेदवारकाविरुद्ध पार्टीका कुनै पनि सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समयमा (आज वैशाख १६ गते बिहान १० बजेदेखि ५ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारीक उम्मेदवारलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ ।’ अघि भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?