हुम्लामा म्यादी प्रहरी मृत फेला

लोकपथ
49
Shares

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

सर्केगाड गाउँपालिका(६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए ।

उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल-ढोका बन्द रहेकोर उनी भूइँमा मृत फेला परेको ओझाले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?