डा. केसीको अवस्था नाजुक !

काठमाडौं । २६ औँ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । 

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डा. केसीको स्वास्थ्य स्थिति गम्भीर भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

केसीको सेतो रक्तकोकोष (डब्लूबीसी) कम हुँदै गएको कारण कुनैबेला पनि अचेत हुन सक्ने चिकित्सकले बताएका हुन् ।

‘आज उहाँको रगतमा सुगरको मात्रा पनि धेरै कम भएको देखिएको छ । रगतमा चाहिने पोल्सियम तत्व पनि न्यून छ’, केसीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसले गर्दा कुनै पनि वेला उहाँको मुटुको धड्कनमा समस्या आउन सक्छ ।’

‘उहाँको मुटुको चाल पनि अस्थिर छ । कुनै पनि पनि वेला गम्भीर समस्या आउन सक्छ’, चिकित्सकहरुले भनेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?