फरार अभियुक्त अभिराम शर्मासहित तीन राज्यमन्त्रीको सपथ ग्रहण

जनकपुरधाम । राष्ट्रिय जनता पार्टीका तर्फबाट सिफारिस भएका ३ जना राज्यमन्त्रीले बुधबार सपथ लिएका छन् । 

प्रदेश २ सरकारका थपिएका ३ राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले सथप गराएका हुन् । 

बुधबार सुरेश मण्डलले उद्योग, पर्यटन, वन तथा वातावरण, डिप्पलकुमारी झाले भौतिक पूर्वाधार र अभिराम शर्माले सामाजिक विकास राज्य मन्त्रीका रुपमा सपथ लिएका हुन् ।

झाले हिन्दीमा र बाँकी २ जनाले मैथिली भाषामा सपथ लिएका छन् । यो सँगै प्रदेश २ सरकारले पूर्णता पाएको छ । उनीहरु तीनै जनाले बुधबार नै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ पनि उपस्थित थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?