काठमाडौंको मेयरमा एमालेले नै जित्ने ओलीको दाबी

लोकपथ
143
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए ।

अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहार्याए । उनले कांग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएको बताए । उनले नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप लगाए ।

अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीइ निर्वाचन घोषणापत्रमा वहसका लागि आउन चुनौति दिए। उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरुसँग एमालेभित्र पनि भिडाइदिने बताए ।

जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउने भए ठाउँ मिलाइदिने बताए । उनले नेपाली कांग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरुले महिला भनेर श्रीमती र छोरी उठाएको बताए ।

अध्यक्ष ओलीले नेकपा एमालेले नै महिलाको अस्थित्वको रक्षा गरेको बताए । उनले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नेपाली कांग्रेसले गर्न नदिएको बताए ।

अध्यक्ष ओलीले ५ दलीय गठबन्धन देशको लागि कष्ट भएको बताए । उनले गठबन्धनलाई लुतोको संज्ञा दिँदै वैशाख ३० गते लुतोलाई भगाउने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?