मुम्बई । अली अब्बास जफरको निर्देशनमा बनिरहेको फिल्म ‘भारत’ को शूटिङ शुरु भइसकेको छ । यसमा सलमान खान, प्रियंका चोपडा, दिशा पटानी लगायतका कलाकार रहनेछन् ।
यो फिल्म कोरियन फिल्म ‘ओड टु माइ फादर’ को रिमेक हो । सलमानको खानको ठूलो प्रोजेक्टका रुपमा हेरिएको यो फिल्ममा गेम अफ थ्रोन्सका कलाकारले समेत अभिनय गर्ने चर्चा चलेको छ ।
खासमा एशले रिबेलोले एक तस्वीर शेयर गरे । जसमा गेम अफ थ्रोन्सका कलाकार टाइरन लेनिस्टर छन् ।
रिबेलोले फोटो शेयर गर्दै लेखेका छन्, ‘हेर्नुस्, भारतको सेटमा म कसको साथमा छु, गेम शुरु भइसकेको छ ।’
हलिउड स्टारलाई सलमान खानसँग देखेपछि यो भिडियो भाइरल हुन थाल्यो । तर, कहानीमा ट्वीस्ट देखिएको छ ।
खासमा यी रियलमा हलिउडका लेनिस्टर होइनन् । तर उस्तै देखिने बलिउडका कलाकार हुन् । उनको नाम ताकिर मीर हो । बिल्कुलै टाइरन लेनिस्टारजस्ता देखिने ती कलाकारले सलमानको ‘भारत’ मा अभिनय गर्ने खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया