केशव स्थापितको बचाउ गर्न बहसमा उत्रिए ओली

लोकपथ
1.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावका बेला अनेक मुद्दा उठाउँदै चरित्रहत्या गर्ने प्रचलन रहेको बताएका छन् । मिटू आरोपमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितको बचाउ गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले काठमाडौंको मेयरमा अनुभवी र उत्साह कायम रहेका स्थापितलाई अघि सारेको बताए । ओलीले महिलाहरुको अस्मिताको रक्षा, महिला अधिकार र सुरक्षाको सम्मानमा एमाले जति सजग अरु कोही नभएको दाबी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?