सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता सुरु

काठमाडौं । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सुरु भएको छ । 

सरकारी पक्षको आन्तरिक छलफलपछि बिहान ९ बजेका लागि बोलाइएको वार्ता पौने २ बजेदेखि सिंहदरबारमा सुरु भएको हो । 

केसी पक्षको वार्ता टोलीका संयोजक डाक्टर अभिषेकराज  सिंह माग पूरा हुनेमा विश्वास व्यक्त गरे । 

वार्तामा  सरकार पक्षबाट शिक्षा मन्त्रालयका सचिव तथा वार्ता टोलीका संयोजक खगराज बराल,  सह सचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?