प्रदेश सरकार गठन भएको छ महिनापछि प्रदेश २ सरकारले आज तीनजना राज्यमन्त्रीलाई शपथ ग्रहण गराउदैछ ।
उद्योग राज्यमन्त्रीमा सुरेश मण्डल, भौतिक पूर्वाधार राज्यमन्त्रीमा डा.डिम्पल झा र सामाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्माले शपथ लिने राजपा नेपालले जनाएको छ ।
सपथ ग्रहण गर्न बाँकी रहेका तीनजना राज्यमन्त्रीको शपथग्रहण आज हुन लागेको हो ।
मन्त्री बाँडफाँडमा राजपा नेपालले पाएको तीन मन्त्री र तीन राज्यमन्त्री मध्ये तीनजना मन्त्री चयन गरिसकेको थियो ।
तर पार्टीमा आन्तरिक विवादका कारण राज्यमन्त्री चयन बाँकी थियो ।
तर प्रहरीको वान्टेड सूचीमा रहेका अभिराम शर्मालाई राज्यमन्त्रीमा पार्टीले सिफारिस गरेपछि अहिले उनको आलोचना भइरहेको छ ।
मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका प्रहरी हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदै गर्दा बाटामै रोकी एम्बुलेन्सबाट निकालेर हत्या गरेको आरोप उनीमाथि छ ।

अदालतले उनलाई पक्राउ गर्ने आदेश समेत दिएको छ ।तस्वीर : गुगलबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया