वेयर हाउजिङ र निफ्राबीचमा सेयर लगानी गर्ने सम्झौता

लोकपथ
700
Shares

काठमाडौं । नेपाल वेयर हाउजिङ र नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)बीचमा सेयर लगानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम, कुल जारी चुक्ता पुँजी ५५ करोडमध्ये नेपाल इन्फ्रास्टक्चर बैंकले कम्पनीमा पाँच करोड बराबरको स्व-पुँजी लगानी गर्नेछ ।

नेपाल वेयर हाउजिङले वेयरहाउस संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत एक अर्ब ३९ करोड रुपैंयाँ रहेकोमा सो लगानीमध्ये ९४ करोड ऋण र बाँकी स्वपुँजीबाट परिचालन गर्नेछ ।

यस कम्पनीको हालको पुँजी २३ करोड ३७ लाख रुपैयाँ रहेकोमा सेयरधनीहरुबाट समेत गरि जम्मा ५५ करोड जुटाउनेछ। अन्य लगानीकर्ताहरुबाट बाँकी हुन आउने ५० करोड जम्मा भए पश्चात आगामी आर्थिक वर्ष २०७९–०८० मा सार्वजिनक निष्काशनबाट कूल पुँजीको २० प्रतिशतमा हुन आउने १३ करोड ७५ करोड बराबरको प्राथमिक सार्वजनिक निष्काशनबाट लगानी जुटाउनेछ ।

नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले कम्पनी ऐन, २०६३ बमोजिम २०७५ सालमा वैज्ञानिक खाद्यान्न भण्डारण गृह, बोलकबोलको माध्यमबाट खाद्यान्न किनबेच र खाद्यान्नको परिमाणलाई धितो मानेररसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋण प्रवाह हुने वातारण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उदेश्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?