काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध एकजुट भएर अघि बढ्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।
बुधबार आयोजित वीपी स्मृति दिवसको एक कार्यक्रममा बोल्दै उनले सरकारको निरंकुशताविरुद्ध जुध्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आहृवान गरेका हुन् ।
सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिनअघि आक्रमण गरेको स्मरण गर्दै उनले आक्रोश व्यक्त गरे ।
महामन्त्री कोइरालाले सरकारविरुद्ध नडराई लेख्न पनि पार्टी निकटका पत्रकारहरुलाई आग्रह गरेका छन् ।
त्यस्तै, उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाइ दम्भका साथ अधिनायकवादी चरित्र देखाइरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका सबै जनवर्गीय संगठनहरुलाई आग्रह गरे ।
उनले सरकार संविधानको आधारभूत मूल्य, मान्यता विपरीतका गतिविधिमा संलग्न रहेको आरोप समेत लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया