१४ मङ्सिर २०८०, बिहीवार

चिकित्सा शिक्षा विधेयक नआउने निश्चित

२०७४,आश्विन,२८,शनिवार ०१:२५

0
Shares

काठमाडौँ, २८ असोज- प्रा.डा. गोविन्द केसीको मुख्य मागका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संसद्बाट पास नहुने निश्चित भएको खबर नयाँ पत्रिकाले छापेको छ ।व्यवस्थापिका–संसद् शनिबारदेखि स्वतः विघटन हुने भएपछि विधेयक संसद्मै अलपत्र परेको छ । माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन जस्ताको त्यस्तै ऐनका रूपमा आउनुपर्ने माग गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डा. केसी विगत नौ दिनदेखि अनशनमा छन् ।शुक्रबार बसेको संसद्को अन्तिम बैठकबाट विधेयक पास गराउन सभामुख ओनसरी घर्तीमगरले प्रमुख दलका शीर्ष नेतासँग अन्तिम समयसम्म प्रयास गरे पनि सफल हुन सकेन ।केसीका मागमा सहमति खोज्न सभामुखले राखेको शीर्ष नेता सम्मिलित प्रमुख सचेतकहरूको बैठकमा सहमति जुट्न नसकेपछि विधेयक नआउने निश्चित भएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।उनले अब संसद्बाट चिकित्सा शिक्षा विधेयक पास हुने आशा टरेको बताए । ‘चिकित्सा शिक्षा विधेयक संसद्बाट पास नहुने भयो,’ शर्माले भने, ‘तीन दलका शीर्ष नेता र प्रमुख सचेतकसँग भएको छलफल कुनै निष्कर्षमा पुगेन ।’ डा. केसीले अनशनलाई निरन्तरता दिएका छन् । शुक्रबार सरकारी वार्ताटोलीसँग भएको छलफल सकारात्मक रूपमा अगाडि बढे पनि बुँदागत रूपमा जान नसकेको केसीका सहयोगी डा. जीवन क्षेत्रीले बताए ।शुक्रबार संसद्को अन्तिम बैठक बसेको छ, विधेयक पारित हुन सकेन, यो अवस्थामा हामी कसरी अगाडि बढ्ने भन्नेमा रणनीति बनाउनेछौँ,’ डा. क्षेत्रीले भने । संसद् विघटन भए पनि वार्ता र संवादको ढोका खुला रहेको उनको भनाइ छ । चिकित्सा शिक्षा विधेयकबारे कुन रणनीति अपनाउने भन्नेमा एक–दुई दिनमै धारणा बाहिर ल्याउने डा. क्षेत्रीले स्पष्ट पारे । 

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०१:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

कोशी टप्पुमा आउन थाले विदेशी चरा
 २०८०,मङ्सिर,१४,बिहीवार ११:०५
लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर
 २०८०,मङ्सिर,१४,बिहीवार ११:००
दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९