भोलिबाट आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी (विज्ञप्तिसहित)

लोकपथ
1.4k
Shares

काठमाडौं । वायुसेवा सञ्चालक संघले नागरिक उड्डयन प्राधिकरणले लागू गर्न लागेको रात्रिकालिन उडानको योजनालाई कार्यान्वयन नगर्ने चेतावनी दिएका छन् ।

भोलि (शुक्रबार) बाट लागू हुने गरी प्राधिकरणले राति ८ जबेपछि आन्तरिक हवाई उडानको तालिकामा राख्ने निर्णय गरेको थियो । तर त्यसमा आपत्ति जनाउँदै संघले चेतावनी दिएको हो ।

प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।

संघले राति ८ बजेपछि उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?