सरकारी वार्ता टोलीले प्रधानमन्त्रीलाई ग-यो केसीबारे ब्रिफिङ

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २६ दिनदेखि अनशनरत डा. केसीको मागलाई निष्कर्ष दिन सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव खगराज बरालको टोलीले अहिलेसम्म भएको प्रगतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ  । 

बुधबार बिहान बालुवाटार पुगेर सरकारी वार्ता टोलीले प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका हुन् । 

डा. केसी पक्ष र सरकारबीच मंगलबार साझा भएको वार्तामा केही विषयमा सहमति जुटाएपछि पुनः बुधबार बिहान ९ बजे पाँचौ चरणको वार्ता हुने कार्यतालिका थियो । तर, सरकारी वार्ता टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्शमा जुटेका अहिलेसम्म वार्ता सुरु हुन सकेको छैन । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार वार्ता टोलीले अहिलेसम्मका प्रगति र सम्भावित सहमतिको खाकाबारे ब्रिफिङ गरेको थियो । त्यस क्रममा प्रधानमन्त्रीले यसबारेमा सरकारको तर्फबाट गम्भीरतापूर्वक कदम चाल्न टोलीलाई निर्देशन दिएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?