‘मि टु’ आरोपबारेको प्रश्नमा स्थापितको आक्रोश : ‘यु आर नाइस लेडी, तर तपाईँको थुतुनो ठीक छैन’

लोकपथ
1.8k
Shares

काठमाडौं। नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरको उम्मेदवार बनेका केशव स्थापितले आफूमाथि लागेको ‘मि टु’ आरोपबारे प्रश्नको प्रश्नमा अराजक शैली प्रर्दशन गरेका छन् ।

बिहीबार नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनाव : युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले ‘मी टु’ आरोपको बारेमा उनीसँग प्रश्न गरेका थिए ।

प्रश्नपछि आफू बसेको कुर्सीबाट नै उठेर प्रश्न गर्नेविरुद्ध नै जंगिए ।

‘मलाई लागेको आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनुपर्छ’, स्थापित प्रश्न गर्ने विद्यार्थीप्रतिनै जंगिदै भने, ‘ यु आर नाइस लेडी तर तपाईँको थुतुनो ठीक छैन ।’

स्थापितलाई त्यहाँ सहभागीहरुले आफ्नो स्थानमा बस्नका लागि आग्रह गरे । उनी फेरि जंगिदै उठेर भने, ‘केशव स्थापित रिसको भाँडा हो । नरिसाउनु भन्न पाइन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?