एमसीसी सफल भए नेपालीको चुलाेमा बिजुलीले खाना पाक्छ : विश्वप्रकाश शर्मा

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी १० वर्षमा बिजुली बेचेर देशलाई धनी बनाउने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापती गाउँपालिकाकेन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै शर्माले नेपालका नदीनालाबाट बिजुली निकालेर काठमाडौंका सडकमा डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरु विस्तापित गर्न सकिने उनले बताए ।

कार्यक्रममा बोल्दै शर्माले भने, ‘युवकलाई विदेशमा बेचेर होइन । युवकहरूको देशबाट बिजुली भारतमा बेचेर हामी मान्छे बेचेर धनी बनाउने भन्ने यो देशको सपनालाई बदलेर हामी बिजुली बेचेर यो देशलाई धनी बनाउन चाहान्छौं भन्ने सपनातर्फ नेपाली कांग्रेसले यो देशलाई लाँदैछ । प्याट्ट गर्दा ग्यास आउँछ भन्ने कमरेड केपी ओलीलाई सोध्यो भने ग्यासको भण्डारको उत्तर दिन सक्नु हुन्न। तर हामी भन्छौँ एमसीसी परियोजना सफल भएर अगाडि बढ्दै गर्दाको दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पाक्न सक्ने अवस्था बनाउँछौं ।’

‘हामीसँग प्रशस्त बिजुली बनाउन सक्ने खोलाहरू छन्। काठमाडौंको सडकमा डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरु होइन,’ शर्माले भने,’ डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरुलाई प्रतिस्थापन गरेर बिजुलीबाट कुद्ने गाडी बनाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?