गठबन्धनमा आबद्ध दलका कार्यकर्ता टाउको समाएर रुँदैछन् : विष्णु पौडेल

लोकपथ
133
Shares

भैरहवा । पूर्वगृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोकाजस्तै भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमाले सिद्धार्थनगरनगर कमिटीले भैरहवामा बिहीबार आयोजना गरेको स्थानीय तह निर्वाचन-०७९ उम्मेदवार अभिमुखीकरणका क्रममा पौडेलले कम्युनिस्ट पार्टीभन्दा जेठो पार्टी कांग्रेस भए पनि एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताए ।

उनले भने, ‘अहिलेको गठबन्धनको कुनै अर्थ र औचित्य छैन, गठबन्धनमा आबद्ध दलका कार्यकर्ता अहिले टाउको समाएर रुँदैछन् । पसिना पुछ्दै आशु बगाइरहेका छन् यो गठबन्धन एमाले सामु केही होइन ।’

नेता पौडेलले ६० प्रतिशत पालिकामा एमालेले जित्ने दाबी पनि गरे । उनले पाँचवटा महानगर, नौवटा उपमहानगर र अधिकांश पालिका जितेर एमालेले स्थानीय सरकार बनाउने बताए ।

यस्तै एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, खिमलाल भट्टराई, भूमिश्वर ढकाल, भरत पोखरेल, सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र थापा, सचिव नारायण भण्डारीलगायतले सिद्धार्थनगर नगरप्रमुखका उम्मेदवार डाक्टर रामप्रसाद बस्यालले अहिलेसम्म धेरैको मुटु र नाडी छामेकोले यस्तो उम्मेदवार कुनै पार्टीमा नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?