डा. केसीको विषयलाई लिएर कांग्रेसभित्रै विवाद शुरु

काठमाडौ । अनशनरत डा. गोविन्द केसीको विषयलाई लिएर नेपाली कांग्रेसभित्रै विवाद शुरु भएको छ । 

डा.गोविन्द केसीको मागका विषयमा कसरी र कस्तो आन्दोलन गर्ने भन्दै पार्टीमा कुनै छलफल नै नगरी पार्टी सभापति शेरबहादुर देउवालगायतका पदाधिकारीले आफु खुशी निर्णय गरेको भन्दै विवाद शुरु भएको हो । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका एक नेताका अनुसार सडकदेखि सदनसम्मका आन्दोलन गर्ने भन्ने विषयमा पार्टीभित्र कुनै छलफल नै भएन, पदाधिकारीहरु बसेर एकैपटक आन्दोलनको घोषणा भयो । यस विषयमा हामीसँग कुनै छलफल नभएको बताए ।

केसीको मागको विषयमा कांग्रेसले सडक र सदन आन्दोलन गर्दै आइरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?