बागबजारलाई लाग्यो चुनाव, झण्डा बेच्न भ्याइनभ्याइ (फोटोफिचर)

लोकपथ
819
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब १५ दिन मात्रै बाँकी छ । सबै राजनीतिक दलका प्रतिनिधिहरु आफ्ना एजेण्डासहित आम जनताको घरदैलोसम्म पुग्न व्यस्त देखिन्छन् । निर्वाचनले देशलाई नै छपक्कै छोपिसकेको छ ।

र्‍याली, सभा, सम्मेलनमा आ–आफ्ना दलको झण्डा, टिसर्ट, ब्याचहरुको प्रयोग हुनेगरेको छ । जसका कारण पनि यतीबेला काठमाडौंको बागबजार आसपासका क्षेत्रका प्रेसहरुलाई भ्याइनभ्याइ छ ।

विगत एक सातादेखि दैनिकरुपमा प्रेसहरु पार्टीका झण्डा पमप्लेट, ब्यानर टिसर्ट बनाउन व्यस्त छन् । धेरैजसो प्रिन्टहरुले निर्वाचनका लागि मात्रै भनेर कर्मचारी थप पनि गरेका छन् ।

बागबजारमा रहेको एक प्रिन्टका व्यापारी यो निर्वाचनको समय भनेको दशैँसरह भएको बताउँछन् । पाँच वर्षमा आउने निर्वाचनमा कामले भ्याइनभ्याइ हुने उनले बताए ।

यतिबेला बागबजार विभिन्न पार्टीका झण्डा र निर्वाचनसामग्रीले भरिभराउ छ ।

हेर्नुहोस् बागबजारमा देखिएको चुनावी माहोल : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?