खाँणलाई बागी उम्मेदवार पौडेलको जवाफ : परिस्थिति धेरै अगाडि बढिसक्योे

लोकपथ
581
Shares

काठमाडौं । भरतपुर नगरपालिकामा सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन्।

गृहमन्त्री बालकृष्ण खाँण बिहीबार भरतपुरस्थित पौडेलकै निवास गएर गरेको आग्रहलाई बेवास्ता गर्दै पौडेलले फिर्ता नलिने अडान लिएका हुन्।

भेटका क्रममा पौडेलले चितवनवासीको लोकतन्त्र र कांग्रेस बचाउनका लागि आफूले उम्मेदवारी दिएको बताउँदै भने, ‘परिस्थिति धेरै अगाडि बढिसकेको छ।’

आफूको पार्टीको अनुशासनविपरीत काम गरेको भएर कारबाही गर्न उनले चुनौतीसमेत दिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?