काठमाडौं महानगरमा सिर्जना सिंहको प्रतिबद्धता : ‘सुरक्षित सहर बनाउनेदेखि विदुर पुरुषलाई भत्तासम्म’

लोकपथ
105
Shares

काठमाडौं । काठमाडौं महागनरमा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार सिर्जना सिंहले काठमाडौंमा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

बिहीबार काठमाडौंको कार्की ब्यांकेटमा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै मेयरकी उम्मेदवार सिंहले सो कुरा बताएकी हुन् ।

कार्यक्रममा बोल्दै सिंहले घर नै सफा नभएमा बाहिर सफा नहुने भन्दै सर्वप्रथम सुशासन कायम हुने बताउँदै आफू त्यसप्रति लाग्ने उनको भनाइ रहेको छ ।

‘म मेयरको उम्मेदवार हुँदैगर्दा, म आफू मेयर भइसकेपछि सुशासनप्रति प्रतिबद्ध हुन्छु । भ्रष्ट्राचारमुक्त महानगर बनाउनेछु’, सिंहले भनिन् ।

त्यसैगरी, काठमाडौंभित्रको फोहोर मुख्य समस्याकाे रूपमा रहेको बताउँदै उक्त फोहोर व्यवस्थापनका लागि घरबाटै व्यवस्थापनमा जाेड दिने बताइन् ।

‘फोहोरको समस्या हो । घरबाटै फोहोर व्यवस्थापन गर्न लाग्नेछु’, उनले भनिन् ।

कार्यक्रममा बोल्दै उम्मेदवार सिंहले एकल महिलालाई मात्रै होइन विदुर पुरुषहरुलाई समेत सुविधा हुनेगरी विशेष योजना रहेको बताइन् ।

‘एकल महिलालाई मात्रै होइन । विदुर पुरुषहरुको पनि विशेष राहतको प्याकेज ल्याउने पहल गर्नेछु’, उनले भनिन् ।

त्यसैगरी, काठमाडौंमा महिलाहरुलाई सुरक्षित बनाउन एक दिन एक्लै काठमाडौंमा हिँड्ने समेत प्रतिबद्धता व्यक्त गरिन् ।

‘एक दिन एक्लै काठमाडौंको सडकमा हिँडेर काठमाडौं सहर सुरक्षित हुने सन्देश दिन चाहान्छु’, उनले भनिन् ।

युवाहरुलाई रोजगारी, वृद्धवृद्धाहरुलाई आरामकेन्द्रहरु खोल्ने योजना समेत उनले प्रतिबद्धतामा उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?