मुलुकको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने तथ्यांक विभागको प्रक्षेपण

लोकपथ
56
Shares

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विभागले नौ महिनाको यथार्थ तथ्यांक र तीन महिनाको अनुमानका आधारमा नयाँ आर्थिक वृद्धि ५.८४ प्रतिशत हुने अनुमान गरेको हो ।

आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी विभागले आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको हो । बजेटमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो ।

विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत, उद्योगको १०.३ प्रशित र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?