केशव स्थापितलाई कांग्रेस प्रवक्ता महतको जवाफ : ‘फेरि फर्किएर आउँछु भन्ने सपना नदेखे हुन्छ’

लोकपथ
294
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महनगरमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले जित हासिल गर्ने दाबी गरेका छन् ।

आज काठमाडौंको कार्की ब्यांकेटमा सिंहको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अब एमालेका उम्मेदवार केशव स्थापितले जित्न नसक्ने समेत बताए ।

उम्मेदवारी दर्ताको क्रममा काठमाडौं महानगरमा एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई जवाफ समेत फर्काएका छन् । २०५४ सालमा एमालेबाट काठमाडौं महानगरमा मेयर बनेका स्थापितले आफूले निर्वाचन जित्ने भन्दै गेम इज ओभर भनेका थिए ।
कार्यक्रममा बोल्दै प्रवक्ता महतले पुनः काठमाडौंको मेयरमा फर्किने सपना नदेख्नका लागि स्थापितलाई चेतावनी दिएका छन् ।

‘काठमाडौं महानगर जित्ने भनेको ५० वटा नगरपालिका जिते सरह हो । यो राजधानी हो । उहाँलाई अत्याधिक मतले जिताउन म विनम्र अनुरोध गर्दछु ।

अब हाम्रो स्थापित जि को मैले सुनिराथेँ । नोमिनेशन गरेर निस्किँदै गर्दा गेम इज ओभर रे म भन्छु उहाँको गेम इज ओभर । अब बागमतीमा धेरै पानी बगिसक्या छ । फेरि फर्किएर आउँछु भन्ने सपना नदेखे हुन्छ । राजनीति मनोरन्जन होइन । देशनै मनोरन्जनमय हुन थालेको छ ।’ प्रवक्ता डा. महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?