अाज केही स्थानमा भारी बर्षा हुने पूर्वानुमान

काठमाडौं : जल तथा माैसम पूर्वानुमान महाशाखाले अाज मुलुकका केही स्थानमा भारी बर्षा हुने पूर्वानुमान गरेको  छ। 

माैसममा बदली भर्इरहेकाले मुलुकका धेरै स्थानमा पानी पर्ने र साना खोलामा बाडी अाउने महाशाखाले जानकारी दिएको छ । 

बुधबार बिहान अाकाशमा बादल हटेर छिटपुट स्थानमा घाम लागेपनि दिउँसोदेखि फेरि बदली शुरू भर्इ पानी पर्ने जानकारी महाशाखाले दिएको छ ।

धेरै स्थानमा हल्का र मध्यम बर्षा हुने हुनाले ठूला नदीमा बाढी अाउने सम्भावना भने नरहेको विभागले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?