ठिमी : भक्तपुरको चारदोबाटो चोकमाा मंगलबार राति बा ३ च ८३१७ नम्बरको कार दुर्घटना हुँदा चालक रमेशराज राउतको मृत्यु भएको छ । तीन जना घार्इते बनेका छन् ।
काठमाडाैंबाट भक्तपुरतर्फ जाँदै गरेको कार मध्यपुर ठिमी नगरपालिकाको चारदोबाटो चोकको सडक डिभार्इडरमा ठोक्किएको थियो । गम्भीर घार्इते भएका सिन्धुलीनिबासी राउतलार्इ उपचारका लागि नागरिक अस्पताल लगिएपनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेका १८ बर्षीय रविन राउतको मध्यपुर अस्पतालमा उपचार भर्इरहेको छ । उनी मृतक रमेशका छोरा हुन् ।
दुर्घटनाग्रस्त कारसँग बा ४६ प १५५२ नम्बरको मोटरसार्इकल ठोक्किँदा रामेछाप खाँडादेवीका ३१ बर्षीय विष्णु श्रेष्ठ र ३३ बर्षीय राजन श्रेष्ठ पनि घार्इते भएको र उनीहरूको उपचार हाल नागरिक अस्पतालमा भर्इरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया