राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

लोकपथ
287
Shares

काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गर्ने गरेका छन् । पौडेलले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरिएको छ ।

राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै लागेका थिए। पौडेल कमल थापाका विश्वास पात्र भनेर चिनिन्थे। तर राप्रपा नेपालले राजसंस्था नबोक्ने निर्णय गरेपछि र एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल असन्तुष्ट थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?