काठमाडौं-सरकारले चालू आर्थिक वर्षदेखि स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै तलब पठाउने भएको छ ।
कर्मचारी काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाका गाउँपालिका, नगरपालिका नगएर हैरान बनाएपछि मन्त्रालयले सरुवा भएका कर्मचारीको निम्ति यस्तो व्यवस्था गरेको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी स्थानीय तहमा जान नमानेको र गएका कर्मचारीसमेत केही दिनभित्र केन्द्र नै फर्किने गरेकोले सम्बन्धित ठाउँबाटै तलब पठाउन थालिएको हो ।
‘पारिश्रमिक पठाउँदा कर्मचारी अनिवार्य जाने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो ।’–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने । यसअघि केन्द्रका कर्मचारी सरुवा भए पनि कर्मचारीले पहिलेकै कार्यालयबाट पारिश्रमिक बुझ्दै आएका थिए । मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा कर्मचारीलाई केन्द्रबाट पठाइदै आएको छ । निकै प्रयास गरे पनि केन्द्रका कर्मचारी स्थानीय तहमा खटाउन नसकिएको मन्त्रालयले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया