काठमाडौैँ- सरकारले जनताको दैनिक जीवनसँग जोडिएका आम सरोकारका विषयमा ध्यान नदिएको गुनासा आई रहेका बेला सडकका खाल्डाखुल्डी पुर्न, बजार अनुगमन गर्न र कालोबजारी रोक्ने जस्ता विषयमा तत्काल काम थाल्न आइतबार निर्देशन दिएको र त्यसको केही परिणाम आउन थालेको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
सोही निर्देशनअनुरुप अहिले राजधानीका सडकहरूमा खाल्डाखुल्डी पुर्ने तथा फोहर तत्कालै उठाउने कुरामा काम शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा आइतबार बसेको केन्द्रीय अनुगमन समितिको बैठकले जनसरोकारसँग जोडिएका विषयहरूलाई तुरुन्त सम्बोधन गर्न सात बुँदे निर्देशन दिएको थियो । साथै, सम्बन्धित मन्त्रालयलाई दिएका निर्देशनहरूको कार्यान्वयनसम्बन्धी प्रगतिको विवरण १५ दिनभित्र पठाउन निर्देशन दिएको छ । प्रगतिको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्ने छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले विभिन्न मन्त्रालय र निकायलाई दिएका निर्देशनको प्रगतिको लिखित विवरण माग गरिएको बताए । उनका अनुसार, सम्बन्धित मन्त्रालय र निकायले आफूले चालेका कदमबारे अहिले मौखिकरूपमा के प्रगति भएको छ भन्ने जानकारी दिन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया