काठमाडाैं : असार मसान्तसँगै अघिल्लो अार्थिक बर्ष सकिँदै गर्दा असारे विकासमा सरकारले भारी रकम खर्च ग-यो । साथै, नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिमार्फत गरेका व्यवस्थाले पनि नेपालको वित्तीय प्रणालीमा तरलता (बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम प्रशस्त हुनु) बढायो ।
वित्तीय संस्थाहरूले अाफुकहाँ जम्मा भएको पैसा व्यवस्थापन नै गर्न नसकेपछि राष्ट्र बैंकले नै ६२ अर्ब रूपैयाँ वित्तीय प्रणालीबाट तानिदिएको छ । साउन १ गतेदेखि ८ गतेसम्म ६ पटकसम्म राष्ट्र बैंकले तरलता खिचेको छ । ६ दिनमा दुईपटक ९० दिने, तीन पटक ६० दिने र एक पटक ३० दिने निक्षेप संकलन उपकरणमार्फत यो रकम खिचिएको राष्टऋण व्यवस्थापन विभागले जानकारी दिएको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमा ८५ अर्ब रूपैयाँ राख्न स्पेश दिएकोमा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ३५ अर्ब रूपैयाँ राख्न तयार भएका छन् । तर, ब्याजदरमा कुरा नमिलेपछि नियामकले ६२ अर्ब रूपैयाँमात्र स्वीकार गरेको जनाएको छ । राष्ट्र बैंकले चाहिँ यसबीचमा बजारबाट ८५ अर्ब रूपैयाँ खिच्ने लक्ष्य राखेको छ ।
राष्ट्र बैंकले अाज (बुधबार) पनि बैंक तथा वित्तीय संस्थाबाट थप २० अर्ब रूपैयाँ तरलता उठाउँदैछ ।
तरलता अभाव सहज पार्न केन्द्रीय बैंकले केहीअघि क्यास रिजर्भ रेसियो (सीअारअार) ४ प्रतिशत मात्र कायम गरेको थियो । सीअारअारमा सहजता भएसँगै विभिन्न वित्तीय संस्थाहरूमा ४८ अर्ब रूपैयाँ तरलता थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया