कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
35
Shares

हाल देशको पहाडी भूभागमा स्थानीय र पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ।
यस्तै बागमती प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भूभागका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?