काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् ।
बुधबार नेपाल राष्ट्र बैंकको ६७औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वगभर्नर रावलले यस्तो बताए । उनले मुलुकको अर्थतन्त्र समस्यामा रहेको तर सरकारले गर्नु पर्ने काम गर्न नसकेको बताए । डा. रावलले विश्व अर्थतन्त्रमा नै समस्या आएकाले नेपालको अर्थतन्त्रमा समस्या आउनु कुनै व्यक्तिको कारण मात्रै नभएको बताए ।
पछिल्लो समय बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेकाले मुलुकको अर्थतन्त्र दुर्घटना उन्मुख बनेको बताए। उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्ने बताए । डा. रावलले गभर्नर निलम्बन प्रकरणमा २० वर्षअघि आफूले जस्तै महाप्रसाद अधिकारीले न्याय पाएको बताए । उनले विश्व व्यापारमा केही नकारात्मक असर परेको हुँदा यसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको बताए । पूर्वगभर्नर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बेला सरकारले गर्नुपर्ने काम गर्न भने नसकेको आरोप लगाए । उनले अर्थतन्त्रका सूचकहरू हेर्दा सचेत रहने बेला आएको उल्लेख गरे ।
पूर्वगभर्नर रावलले नेपालमा स्थानीय उत्पादनमा प्राथमिकता दिँदा नेपालमा अर्थतन्त्रमा टेवा पुग्ने भन्दै उत्पादनमा जोड दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया