गठबन्धनका उम्मेदवारलाई अनिवार्य मत हाल्न कांग्रेस नुवाकोटको निर्देशन (पत्रसहित)

लोकपथ
588
Shares

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले चुनावी तालमेल गरिएका पालिकाहरुमा गठबन्धनका उम्मेदवारहरुलाई सहयोग गर्न निर्देशन दिएको छ ।

जिल्लाका तीन पालिकाका गठबन्धन गरिएको र सो पालिकामा केही स्वतन्त्र उम्मेदवारी परेको भन्दै नेपाली कांग्रेस नुवाकोट बागी उम्मेदवारी झिक्दै गठबन्धनलाई सहयोग गर्न आग्रह गरेको हो ।

नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै गठबन्धन नभएका स्थानमा कांग्रेसका उम्मेदवारलाई मत हाल्न निर्देशन दिएको हो ।

‘मिति २०७९ वैशाख ३० गते स्थानीय निर्वाचनका लागि विदुर नगरपालिका, बेल्कोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा सत्ता गठबन्धन दल मध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल गरी बाँडफाँट भएका सिटहरुमा उम्मेदवारी दिई सकिएकोले उपरोक्त पालिका र वडाका नेपाली कांग्रेसका सम्पूर्ण सदस्यहरुलाई अनिवार्य गठबन्धनका उम्मेदवारहरुलाई मतादान गर्न र बाँकी ९ वटा स्थानीय तहमा इमान्दारीपूर्वक नेपाली कांग्रेसका सबै उम्मेदवारहरु विजयी गराउन क्रियाशील रहन नेपाली कांग्रेस नुवाकोट हार्दिक अनुरोध गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी कांग्रेसको सदस्यता लिएकाहरुले पालिका र वडाहरुमा स्वतन्त्र उम्मेदवारी परेको भन्दै बागी उम्मेदवारी फिर्ता लिन समेत कांग्रेसले आग्रह गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?