सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकामा एमाले कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनको तर्फबाट उम्मेद्बार बनेका कर्ण बहादुर मगरको विरुद्ध उजुरी परेको छ।
१२ गते संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेद्वारी दर्ता गरेका कांग्रेस नेत कर्ण बहादुर मगरको विरुद्ध बिना तथ्य कल्पनाका आधारमा एमालेबाट उम्मेद्वार बनेका छत्र बहादुर दाहालले उम्मेद्वारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी हालेका हुन्।
उनले कर्ण बहादुर मगरको कन्ट्रक्सनको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीमा खाता संचालन गरिरहेको र बेरुजु फर्छ्यौट नगरेको आधारमा उजुरी हालेका हुन् । यता गठबन्धनबाट अध्यक्षका उम्मेद्वार मगरको अहिले वाणिज्य बैंकमा खाता संचालनमा नरहेको र बेरुजु फर्छ्यौट भइसकेको मगर पक्षको दाबी रहेको छ।
२०७४ को स्थानीय निर्वाचनमा तीनपाटनमा शक्तिशाली मानिएको एमालेका उम्मेद्बार छत्र बहादुर दाहाललाई कांग्रेस नेता मगरले पराजित गरेका थिए। अहिले मगर आफैँमा बलिया मानिन्छन् त्यसमाथि पनि माओवादी केन्द्रले पनि उनलाई समर्थन गरेपछि थप बलियो बनेका छन् ।
एमालेले हतासका आधारमा हारको मानसिकता बोकेर अफवाह फैलाउने उद्देश्यले विना प्रमाण आरोप लगाएको मगर पक्षको आरोप लगाएको छ। हामीसँग कुरा गर्दै अध्यक्षका उम्मेद्वार कर्ण बहादुर मगरले एमाले हारको मानसिकताबाट अत्तालिएर आफूमाथि आरोप लगाएको बताएका छन् । ‘एमाले हारको मानसिकताबाट ग्रसित भएको छ, भ्रम छर्न उद्धत छ, म एमाले उम्मेद्वारी दाहालले हालेको उजुरीमा कहिँ दोषी छैन र उम्मेद्वारी खारेज हुने कुनै आधार छैन, बेरुजु फर्छ्यौट भइसकेको छ, खाता संचालनमा छैन। तीनपाटनबासीले भ्रमको खेती गर्नेलाई मतबाट जवाफ दिनेछन। यो दाबी विरोध पराजयको छटपटाहट मात्र हो ।’
उनले एमालेलाई चुनावी प्रतिस्पर्धाबाट नआत्तिन समेत आग्रह गरेका छन्। उनले गठबन्धनका उम्मेद्बाद्वारलाई ढुक्क भएर मत हालेर तीनपाटन निर्माणको जिम्मेवारी दिनसमेत मतदातालाई अनुरोध गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया