परपुरुषसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या

धनगढी । कैलालीको भजनी नगरपालिका–९ भुरुवागाउँकी एक महिलाले परपुरुषसँग मिलेर आफ्नो पतिको हत्या गरेको भजनी इलाका प्रहरी कार्यालयले जनाएको छ । 

भजनी नगरपालिका—९ को भुरुवा गाउँमा ३५ वर्षीय नन्दुराजीलाई उनकै पत्नी निर्मला राजी र प्रेमी भनिएका दिलीप राजीले घाँटी च्यापेर हत्या गरेको खुलासा भएको कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए ।

घटना साउन ४ गते राति भए पनि प्रहरीलाई ढिलो गरी खबर प्राप्त भएको चन्दले बताए । मादकपदार्थ सेवन गरेर राति घर पुगेका नन्दु राजी र श्रीमती निर्मला राजीबीच झगडा भएकामा श्रीमतीले आफ्ना प्रेमी भनिएका दिलीपलाई बोलाई घरमै कुटपिट गरिएको जनाइएको छ । 

राति नै लोग्नेको हत्या गरी घरदेखि झण्डै एक किमीको दूरीमा रहेको प्रतीक्षा सामुदायिक वन परिसरमा खाल्डो खनी शव गाडिएको बताइएको छ । 

प्रहरी टोलीले गाडिएको शव आज उत्खनन गरी परीक्षणका लागि टीकापुर अस्पताल पु¥याएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?