–नारायण अधिकारी
चितवन । आर्थिक वर्ष २०७३/०७४ मा नेपाली ३६ हजार ५३, सार्क मुलुकका १५ हजार ९०६ र विदेशी ८८ हजार १९ पर्यटकले निकुञ्ज घुमेका थिए । तीमध्ये महिला ७० हजार ११७ र पुरुष ६९ हजार ८६१ रहेका थिए ।
अर्यालका अनुसार आव २०७२/०७३ मा नेपाली ३० हजार ५९२, सार्क मुलुकका छ हजार ६०६ र विदेशी ५० हजार १९३ जनाले मात्रै निकुञ्ज घुमेका थिए । तीमध्ये महिला ४५ हजार ५७ र पुरुष ४२ हजार ३३४ रहेका थिए ।
हालसम्म सबैभन्दा बढी पर्यटक आव २०७१÷०७२ मा निकुञ्ज आएका थिए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सो वर्ष एक लाख ८४ हजार पर्यटकले निकुञ्ज घुमेका थिए ।
घिमिरेका अनुसार निकुञ्जमा संकलन हुने तथ्यांकमा जंगल र डुंगा सफारीमा जाने पर्यटकको मात्रै आउने गर्दछन् । यसअघि सफारी गरिसकेर पनि सौराहा आउने पर्यटकको संख्या थप ५० हजारभन्दा बढी रहेको उनले बताए । यद्यपि नारायणगढ–मुग्लिन सडकका कारण लक्ष्यअनुरुप पर्यटक आउन नसकेको व्यवसायीको भनाइ छ ।
राजश्वमा वृद्धि
चितवन राष्ट्रिय निकुञ्जले गत आवमा रु २४ करोड ८१ लाख ९९ हजार ९९८ राजश्व संकलन गरेको छ ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पर्यटक शुल्कसहित अन्य शुल्कहरुबाट सो राजश्व संकलन भएको हो ।
अघिल्लो आवमा रु २२ करोड ५१ लाख ६३ हजार ४०९ राजश्व संकलन भएको थियो । आव २०७२÷०७३ मा रु १३ करोड १२ लाख २० हजार २५५ राजश्व संकलन भएको थियो । राजश्व संकलनमा क्रमशः बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया