डा. केसी र सरकारबीच वार्ता हुँदै

डा. गोविन्द केसी र सरकार पक्षबीच वार्ता हुने भएको छ ।

डा.केसीका माग सम्बोधन गर्न सरकार र केसी पक्षबीच मंगलबार साँझ शिक्षा मन्त्रालयमा औपचारिक वार्ता हुने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बसेको प्रधानमन्त्रीसमेतको बैठकले चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न सकिने बुँदाका बारेमा छलफल गरिएको  थियो । 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्प कमल दाहालले मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग अनौपचारिक रुपमा भेटवार्ता गरेर चिकित्सा शिक्षाको सुधारबारे छलफल गरेका थिए ।

बैठकबाट फर्केपछि माथेमाले केसीका माग सम्बोधन गर्नलाई प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहाल दुवै सकारात्मक रहेको बताएका छन् ।

औपचारिक वार्ताका लागि शिक्षासचिव नेतृत्वको सरकारी टोलीलाई म्यान्डेट दिएपछि दुई पक्षबीच मंगलबार साँझ वार्ता तय भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?