१३ चैत्र २०७९, सोमवार

विवेकशील साझाकाे दैलेखकाे संयाेजकमा शर्मा

२०७४,आश्विन,२७,शुक्रवार १५:५४

0
Shares

सुर्खेत, २७ असाेज ।विवेकशील साझा पार्टीको दैलेख जिल्ला संयाेजकमा शैक्षिक तथा धार्मिक अभियन्ता अात्माराम शर्मा सर्वसम्मत चयन भएका छन ।सुर्खेतकाे वीरेन्द्रनगरमा शुक्रवार सम्पन्न विवेकशील साझाकाे प्रदेश कमिटी बैठकले शर्मालाई दैलेख संयाेजक चयन गरेकाे हाे । लामाे समय शिक्षण पेशामा विताएका शर्मा पार्टीको प्रदेश कमिटी सदस्यकाे हैसियतमा हुनेछन ।कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश नंं ६का संयाेजक गेहेन्द्र प्रसाद दाहालले शर्मा जस्ता समाजका प्राज्ञिक व्यक्तित्वलाई पार्टिमा जिम्वेवारी हस्तान्तरण गर्न पाउँदा गर्व लागेकाे बताए ।समाजका विवेकशील र प्राज्ञिक व्यक्तित्वकाे पार्टीमा उपस्थिति भएकै कारण प्रदेश नं ६ मा छाेटाे समयमै पार्टी बलियाे वैकल्पिक राजनीतिक शक्तिकाे रुपमा उदाएकाे दाहालकाे भनाई थियाे । कार्यक्रममा प्रदेश कमिटीका सदस्य तथा सुर्खेत संयाेजक अाेमदत्त रेग्मीले शर्मालाई बधाई तथा सफल कार्यकालकाे शुभकामना दिएका थिए ।पार्टीले दिएकाे जिम्मेवारी ग्रहण गर्दै शर्माले अाँफुले जिवनकाे लामाे समय अरुलाई शिक्षा दिनमा विताएकाे र अबकाे बाँकि समय विवेकशील समाज निर्माणका लागि विताउने प्रतिवद्धता व्यक्त गरे ।संगठन निर्माण र चुनावी अभियानलाई संगसंगै लगेकाे विवेकशील साझाले अागामी अाईतवार अासन्न प्रतिनिधि सभा र प्रदेश सभाका उमेदवार घाेषणा गर्ने बताएकाे छ ।सुर्यदिप रेग्मी (दिपक), सुर्खेत

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १५:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका

काठमाडौं । कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन्। मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार बसेको

काठमाडौं । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिला सशक्तिकरण महिला आन्दोलनकै उपज रहेको बताएका छन् । परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप

सुर्खेत । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले सरकार भ्रष्ट छ होइन, भ्रष्टाचारका लागि सरकार छ भन्ने भाष्य बनिरहेको भन्दै

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६