२ मन्त्रीसहित २ सचिव विदेश भ्रमणमा जाँदै

लोकपथ
189
Shares

काठमाडौं । केही मन्त्रीसहित विभिन्न मन्त्रालयको प्रतिनिधित्व गर्दै प्रतिनिधिमण्डल विदेश भ्रमणमा जाने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २ मन्त्रीसहित २ सचिव विदेश भ्रमण जाने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय का सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल मित्रराष्ट मलेसिया भ्रमणमा जाने भएका छन् ।

‘द एडुकेशन वर्ल्ड’ फोरमको आयोजनामा बेलायतको लण्डनमा आयोजना हुने एडुकेशन वर्ल्ड फोरम २०२२ मा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मा. देवेन्द्र पौडेल बिदेश भ्रमणमा जान लागेका हुन् ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेम नारायण कँडेल दक्षिण कोरियाको सिओलमा हुने पन्ध्रौं वल्ड फरेष्टी कांग्रेस सम्बन्धी कार्यक्रममा सहभागि हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कैडेललाई विदेश भ्रमणमा जाने भएका छन् ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल नर्वे को ओस्लो मा आयोजना हुने मेन्टल हेल्थ सम्बन्धी अनुअल प्रोजेक्ट मिटिङमा सहभागी हुन विदेश जादै जाने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?