तरुण दलको प्रदर्शन

काठमाडौँ । प्रा.डा. गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै नेपाल तरुण दलले मंगलबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो । 

मंगलबारको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए । 

नयाँ बानेश्वरमा भएको विरोधसभामा काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ, ललितपुर जिल्ला सभापति मदन अमात्य तथा भक्तपुर लिल्ला सभापति दुर्लभ थापालगायतले प्रा. डा. केसीसँग वार्ताको पहल गर्न सरकारलाई आग्रह गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?