ओलीलाई गगनको जवाफ : ‘जसको मुखमा अंगार छ उसले कालै ओकल्छ’

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।
बुधबार स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका विषायक कार्याक्रममा बोल्दै ओलीले कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रविरुद्ध बोलेकोप्रति जवाफ फर्काएका हुन् ।

मंगलबार एक कार्यक्रममा बोल्दै ओलीले कांग्रेसको घोषणापत्र पागलहरुको पत्र रहेको टिप्पणी गरेका थिए । सोही प्रशंगमा बोल्दै पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले ओलीले पहिले पनि हल्ला गर्ने गरेको आरोप लगाउँदै थापाले आफूलाई झुट भन्नेहरुलाई उनले पागल भन्ने गरेको बताए ।

‘केपी ओलीले मुख छाड्न थाल्नुभयो भन्ने कुरा कुनै नयाँ कुरा होइन ।’ उनले भने, ‘जसको मुखमा अंगार छ उसले ओकल्ने कालै हो । केपी ओली झुट बोल्नु हुन्छ । कसैले यू आर लायर भन्यो भन्यो उहाँले भन्ने शब्द हो पागल ।’

त्यसैगरी आफूहरुले घोषणापत्रमा तथ्यगत कुराहरु गरेको भन्दै ओलीलाई लजिक भन्दा म्याजिक मन पर्ने भन्दै कटाक्ष गरे ।

‘केपी ओलीलाई लजिक मन पर्दैन म्याजिक मन पर्छ ।’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?