काठमाडौं । सरकारले हाल कायम हुँदै आएको कार्यालय समय परिवर्तन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले ९ः३० बजेबाट साँझ ५ः३० बजेसम्म कार्यालय समय बनाउने निर्णय समेत गरेको हो ।
त्यसैगरी यसअघि चर्चामा आएको सातामा २ दिन बिदा दिने निर्णय समेत कार्यान्वयन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरि बिहान ९ः३० बजे साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने’, सरकारले जारी गरेको निर्णयमा भनिएको छ ।
यसअघि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कार्यालय समय रहेको थियो ।
नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको, पेट्रोलियम पदार्थको मूल्य अत्याधिक वृद्धि भएसँगै त्यसलाई कटौती गर्नका लागि २ दिनसम्म सार्वजनिक सेवा प्रवाहलाई दुई दिन बन्द गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया